कोशीका ४० ढोका खोलियो, टप्पुमा फसेकाको उद्दार


धरान । पाहाडी जिल्लाहरूमा लगातारको वर्षापश्चात् सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि कोशी व्यारेजको ५६ वटामध्ये ४० वटा ढोका खोलिएको छ ।

आइतबार साँझ सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ७४ हजार क्युसेक मापन गरिएको सशस्त्र प्रहरी बल ४ गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए।

सप्तकोशी पानीको बहाव उच्च भएपश्चात् कोशी ब्यारेजका ५६ मध्ये ४० वटा मात्र ढोका खोलिएको छ। सुनसरी प्रशासनको आग्रहमा भारतले ४० ढोका खुल्ला गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन्।

सप्तकोशीमा पानीको बहाव उच्च भएपछि सुनसरीको बराहक्षेत्र नगरपालिका ६ को गरैया टापुमा गोठालो गएका ४० भन्दा बढी सर्वसाधारण त्यही फसेका थिए।

उनले गरैया टापुमा फसेका केही स्थानीयलाई सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरी उद्धार गरिएको भए पनि धेरैजसोले उद्दार हुन नचाहेकाले सुरक्षाकर्मीहरुको टोली त्यसै फर्किएको बताएका छन्।

गरैया टापुमा बराहक्षेत्र नगरपालिका ठाकुरबारीका सर्वसाधारण गाई, भैंसी पालेर उतै बस्दै आएका छन्। गैरैया टापुमा बिहान गएर बेलुका घर फर्कने उनीहरुको दिनचर्या हो।

धेरै गाई भैंसी पालेका कारण केही पीडितहरुले घर फर्कन नचाहेको प्रजिअ ढकालले बताए। उनले कोशीको बीचमा फसेका १० जनालाई उद्दार गरिएको बताए। अन्नपूर्ण पोस्टबाट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पर्यटकको पहिलो गन्तव्य इलाम
मन्त्रिमण्डल विस्तार गर्दै मुख्‍यमन्त्री आचार्य
पाथीभरा मन्दिर असोज १ गतेदेखि खुला हुने
झापाको कचनकवलमा विद्यालय खुले, अन्य स्थानीय तहमा असोजदेखि सञ्चालन गर्ने तयारी