मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मन्त्री कार्की


मोरङ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार सञ्चाकर्मीसँग कुरा गर्दै उनले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने बताए। सरकारका प्रवक्तासमेत रहेका कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउने कुरा भइरहेको जानकारी दिए।

समयको महत्त्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी दिगो विकासका कार्य गर्ने बताउदै उनले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यकता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिए।

एक प्रश्नको जवाफमा मन्त्री कार्कीले नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न यही भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने  र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने बताए। एमसीसी एक विकास परियोजना भएकाले यो हाम्रो मुलुकलाई जरुरी छ भन्दै उनले यस सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने बताए।

मन्त्री कार्की सुनसरीको रामधुनी नगरपालिकाको कार्यक्रमका लागि यहाँ आइपुगेका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पिलो निचारिँदैमा वजन घटेको हुन्न : ओली
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा राजिनामा दिने तयारी, आचार्य मुख्यमन्त्री हुने
माओवादी केन्द्र : प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की, झापा इन्चार्जमा धर्मशिला चापागाईँ
माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय (सूचीसहित)