छ प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना, लगातारको झरी अब कम हुने


काठमाडौँ । मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो चार वटा प्रदेशमा भारी वर्षा तथा राति छ वटा प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भाबना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

सोमबारसम्म नै देशका केही स्थानमा वर्षाको सम्भाबना रहे पनि अब लगातारको झरी भने कम हुने मौसमविद् मीनकुमार अर्यालले जनाएका छन् ।

वर्षा गराउने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले आजदेखि लगातार झरी पर्ने क्रम पनि कम हुने उनले जनाएका छन् । तथापि केही दिनदेखिको वर्षाले तटीय क्षेत्र तथा पहाडी क्षेत्रमा डुबान तथा पहिरोको जोखिम रहेकाले सतर्क रहन आह्वान गरिएको छ ।

‘पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

भाद्र १२ गते (शनिबार)

दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १३ गते (आइतबार)

दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, कर्णाली  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १४ गते ( सोमबार)

दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश नं १,वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका  प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हेलिकप्टरबाट उद्धार गर्न नसकिएको ताप्लेजुङका बाबुछोरा छ दिनपछि आफैं फर्किए
पूर्वराजालाई प्रधानमन्त्रीको चुनौती- शासन गर्ने भए चुनाव लडेर आउनुस्
प्रदेश १ विश्वासको मत : मुख्यमन्त्री आचार्यविरुद्ध विपक्षी, गठबन्धनबाट राईको प्रस्ताव
हालसम्म ७७० नेपाली अफगानिस्तानबाट फर्किए