लक्ष्मीपुरका होटल व्यवसायी राजेश महत निर्माणाधिन घरमा मृत फेला


अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ लक्ष्मीपुरका एकजना होटल ब्यवसायी आफ्नै निर्माणाधिन घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीले दिएको जानकारीअनुसार अर्जुनधारा–५ लक्ष्मीपुरमा रहेको मानव होटलका सञ्चालक राजेश महत झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

आफ्नो निर्माणाधिन घरमा पानी हाल्न भन्दै आज बिहानै घरबाट निस्केका ३८ वर्षीय राजेश महत झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको हो ।

आँगन एफएममा आवद्ध पत्रकार चन्द्र बस्नेतले उक्त तस्वीर पोष्ट गर्दै महतको निधनले परिवार शोकमा रहेको लेखेका छन् । बस्नेतका अनुसार मृतक महत बिहानको राति साढे २ बजे निर्माणाधिन घरमा पानी हाल्न भनी घरबाट निस्किएका थिए । महतको शवलाई अहिले पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको बस्नेतले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बुद्धशान्तिमा बन्द गराउँदै हिँड्ने विप्लवका इन्चार्ज सहित ७ प्रकाउ
बुधबारे जेसीजको सप्ताह आजदेखि शुरु, जेसीज भवन निर्माण प्रारम्भ
बिर्तामोडमा अटो रिक्सा चालकको हत्या आरोपमा भाइ पक्राउ
अर्जुनधाराको सडक किनारमा महिलाको शव फेला