करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु


मोरङ । मोरङ उर्लाबारी १ चिसापानीका ३८ बर्षीय बिष्णु जोगीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे सोही स्थानमा रहेको चिस्यानी पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लागेर जोगीको मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटिगई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बुधबारे जेसीजको सप्ताह आजदेखि शुरु, जेसीज भवन निर्माण प्रारम्भ
बिर्तामोडमा अटो रिक्सा चालकको हत्या आरोपमा भाइ पक्राउ
अर्जुनधाराको सडक किनारमा महिलाको शव फेला
लक्ष्मीपुरका होटल व्यवसायी राजेश महत निर्माणाधिन घरमा मृत फेला