जापानले दिएको कोरोनाविरुद्धको खोप आज आइपुग्दै


काठमाडौँ। जापान सरकारले नेपाललाई दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौँ आइपुग्दैछ । जापानले कोभ्याक्स सुविधाअन्तर्गत दिएको अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि सम्ममा काठमाडौँ आइपुग्ने छ ।

१६ लाख डोजमध्ये आठ लाखभन्दा बढी यसअघि नै आइसकेको र बाँकी आज र पर्सिसम्म आइपुग्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए ।

गत बुधबार र बिहीबार गरी चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको छ । नेपालले साइनोफार्म कम्पनीसँग खरिद गरेको ६० लाख डोजमध्ये पछिल्ला दुई दिनमा १६ लाख मात्रा खोप आइपुगेको हो ।

अहिलेसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० अस्ट्राजेनेका गरि १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।

काठमाण्डौमा हिजोदेखि १८ वर्षमाथिका कक्षा ११ र १२ मा पढ्ने तथा विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर भेरोसेल खोपको पहिलो डोज दिन थालिएको छ ।

यस्तै ४० वर्षमाथिका नागरिकलाई पनि खोपको पहिलो मात्रा दिइएको छ । काठमाण्डौमा यो अभियान भोलिसम्म चल्नेछ । देशका अरु ठाउँमा पनि जिल्ला र पालिकाको समन्वयमा खोप अभियान चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लिम्बुवान कार्यकर्ताले विपी प्रतिष्ठानमा गरे तोडफोड
थप २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
विश्वभर १८ करोड ९२ लाखले जिते कोरोना भाइरसको संक्रमण
झापाका १२७ जना सहित प्रदेश एकमा ८१३ जनामा कोरोना सङ्क्रमण