झापाका १२७ जना सहित प्रदेश एकमा ८१३ जनामा कोरोना सङ्क्रमण


विराटनगर ।  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८१३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र १ हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा ६-६, सङ्खुवासभामा २ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो।

झापाको दमकमा ३१, बिर्तामोडमा २९, अर्जुनधारा र शिवसताक्षीमा १२-१२, मेचीनगरमा ९, कनकाईमा ८, गौरादह र बुद्धशान्तिमा ७-७, भद्रपुरमा ५, हाल्दिबारी र कमल गाउँपालिकामा ३-३, बाह्रदशीमा १, मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३९, उर्लाबारीमा ९, लेटाङ र केराबारीमा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३-३, कानेपोखरी र बेलबारीमा २-२, रङ्गेली र बुढीगंगामा १-१, सुनसरीको इटहरीमा ४६, धरानमा २९, रामधुनीमा ५, दुहबी र इनरुवामा ३-३, हरिनगर, वराहक्षेत्र, कोसी गाउँपालिका र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिममा ९, याङवरक १, इलामको फोकफोकथुममा ३, सूर्योदय, सन्दकपुर र चुलाचुलीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ६, उदयपुरको बेलकामा २, उदयपुरगढी, त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १-१, सङ्खुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५१६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २४६ महिला र २७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लिम्बुवान कार्यकर्ताले विपी प्रतिष्ठानमा गरे तोडफोड
थप २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
जापानले दिएको कोरोनाविरुद्धको खोप आज आइपुग्दै
विश्वभर १८ करोड ९२ लाखले जिते कोरोना भाइरसको संक्रमण