साफ च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स


काठमाडौं ।  १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै सुरुआत गर्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आज १३ औं संस्करणमा ५ देशलाई सहभागि बनाई जारी गरेको तालिकामा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको हो । वर्ष दिन पछि धकेलिएको १३औं संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बंगलादेश र श्रीलंकाको सहभागिता रहने निश्चित भएको हो ।

यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता नहुने निश्चित भएको छ । यस अघि भुटानले सहभागिता जनाउन सक्ने संकते दिएको थियो तर अन्तिम समयमा सहभागिता कोरोनाका कारण नजनाउने भएपछि भुटानसँगै फिफबाट निलम्बनमा परेको पाकिस्तान पनि प्रतियोगितबाट बाहिर रहेका हुन ।

पाँच राष्ट्र सहभागिता रहने प्रतियोगिता असोज १५ देखि २७ गते सम्म आयोजना हँुदै छ । आज सार्वजनिक गरेको तालिका अनुसार नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । यस्तै नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १७ गते, तेस्रो खेलमा भारतसँग असोज २२ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २५ गते खेल्ने तालिका रहेको छ । प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज २७ गते प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

साफ खेल्ने नेपाली फुटबल टिम माल्दिभ्समा
असोज १ गतेदेखि मेचीनगरमा “युवा कप” फुटबल प्रतियोगिता हुने
आजबाट फुटबल टिमको बन्द प्रशिक्षण
नेपालले दशरथ रंगशालामा भारतसँग खेल्ने