थप ३,४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,१०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लिम्बुवान कार्यकर्ताले विपी प्रतिष्ठानमा गरे तोडफोड
थप २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
जापानले दिएको कोरोनाविरुद्धको खोप आज आइपुग्दै
विश्वभर १८ करोड ९२ लाखले जिते कोरोना भाइरसको संक्रमण