मानुषी लघुवित्तकाे आईपीओ बाँडफाँड गर्ने तयारी, कति जनाले पाउँदै छन् ?


काठमाडौं ।  मानुषी लघुवित्तको आइपीओमा ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन् ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ८३.१० गुणा धेरै हो । २३ लाख ६६ हजार जना आइपीओ पाउनबाट बञ्चितयता, मानुषीको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा २४ लाख ३ हजार ५५ जना आवेदकबाट कुल ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ६८ हजार ५९३ कित्तालाई आधार मान्दा ३६ हजार ८५९ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २३ लाख ६६ हजार १९५ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको ३६% अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ खुला गरेको हो ।

जसमध्ये ०.५% अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो ।बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण

लगानीकर्ताले आवेदन दिन सक्ने व्यबस्था थियो । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले मानुषीको आइपीओलाई ‘केयर एनपी बी प्लस’ रेटिङ दिएको छ ।

यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ । केयरले गत चैत ३ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ आगामी चैत ३ गतेसम्म कायम रहनेछ । बिक्री प्रबन्धकका अनुसार यही साता आईपीओ बाँडफाँडको तयारि गरेको बताएको छ। तयारी तीब्र भईरहेकाे छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काँकडभिट्टा नाकाबाट सवा २ करोडको जडीबुटी निर्यात
‘मेरो शेयर’को पासवर्ड बिर्सिनु भयो ? यसरी गर्नुहोस् रिसेट
तेह्रथुम पावरको आइपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन?
सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा