चीनबाट ८ लाख डोज भेरोसेल खाेप आज नेपाल आउँदै, ७ लाख डोज एस्ट्राजेनेका साताभित्र आइपुग्ने


काठमाडौं । नेपालमा खरिद तथा अनुदानका खाेप धमाधम आउन थालेकाे छ । तीमध्य नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ भने थप ८ लाख डोज खोप भोली नेपाल आउने बताइएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार चीनबाट दुई दिन भित्र १६ लाख डोज खोप आउने र बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने छ ।

यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने नेपाल आउने भएको छ ।

नेपालमा अहिलेसम्म बिभिन्न मुलुकबाट २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३ सय २० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १ सय ७० डोज खोप आइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लिम्बुवान कार्यकर्ताले विपी प्रतिष्ठानमा गरे तोडफोड
थप २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
जापानले दिएको कोरोनाविरुद्धको खोप आज आइपुग्दै
विश्वभर १८ करोड ९२ लाखले जिते कोरोना भाइरसको संक्रमण