झापाका १८४ सहित प्रदेश एकमा ८६० जनामा कोरोना सङ्क्रमण


झापा । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, तेह्रथुम र उदयपुरमा ४-४, पाँचथर, सङ्खुवासभा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको छ ।

झापाको शिवसताक्षी र बिर्तामोडमा ३०-३०, भद्रपुरमा २८, दमकमा २४, मेचीनगरमा १९, कनकाईमा १८, अर्जुनधारामा ९, कमल गाउँपालिकामा ८, हल्दिबारीमा ६, बुद्ध शान्तिमा ४, बाह्रदशीमा ३, गौरादहमा २, गौरीगञ्ज, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १-१, मोरङको विराटनगरमा ५४, बेलबारीमा ३०, लेटाङमा २२, सुन्दरहरैचामा १५, उर्लाबारीमा ९, केराबारीमा ७, कानेपोखरी र बुढीगंगामा २-२, पथरीशनिश्चरेमा १ र स्थानीय तह नखुलेका ३, सुनसरीको इटहरीमा ५६, धरानमा ३८, रामधुनीमा ४, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा २-२, इलामको इलाम नगरपालिकामा ७, माई, रोङ र चुलाचुलीमा २-२, फाकफोकथुम र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा ५, चौवीसे र पाख्रिवासमा १-१, तेह्रथुमको फेदापमा ३, म्याङलुङमा १, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १–१, पाँचथरको फिदिम, सङ्खुवासभा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९६ महिला र २१७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदुषण भएको भन्दै स्थानीयले गरे बाटाे अवरोध
झापामा प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने
इलाममा चक्कु प्रहार गरी आफ्नै दाईको हत्या, भाई पक्राउ
प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै