मलेसियाका प्रधानमन्त्री यासिनद्वारा राजीनामा


क्वालालम्पुर मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले सोमबार त्यहाँका राजालाई राजीनामा पत्र बुझाएका छन् । संसदमा बहुमत गुमाएपछि उनले राजीनामा दिएका हुन् ।

यासिन प्रधानमन्त्रीमा नियुक्त भएको १८ महिना मात्र पुगेको थियो । उनी गत वर्ष मार्चमा प्रधानमन्त्री बनेका थिए । २ सय २२ जना सांसद भएको संसदमा उनी कम बहुमत पाएर सत्तामा आएका थिए।

सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ)ले यासिनलाई दिएको समर्थन फिर्ता गर्दै राजीनामा दिन दबाब दिएको थियो । यासिनले सेप्टेम्बरमा विश्वासको मत लिएर बहुमत भएको पुष्टि गरी देखाउने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भारतमा फैलिँदै ‘ब्ल्याक फङ्गस’ राेग, २९ राज्यमा प्रकोप घोषणा निर्देशन
इजरायल र प्यालेस्टाइनबीच युद्धविराम
म्यान्मारमा सेनाले लियो ४३ बालबालिकाको ज्यान : सेभ द चिल्ड्रेन
मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु