देशभर २ हजार ६२४ संक्रमित थपिए, २० जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप २० संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ र ४ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६७७ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ । जसमा पीसीआर परीक्षणबाट पोजेटिभ देखिएकाको संख्या ७ लाख ३० हजार ४७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३२० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा ७९५ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयले शनिबार सार्वजिनक गरेको तथ्यांक अनुसार काठमाडौँमा ५३५, भक्तपुरमा ९६ र लिलतपुरमा १६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा थप २० कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आजसम्म नेपाल १० हजार २५९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लिम्बुवान कार्यकर्ताले विपी प्रतिष्ठानमा गरे तोडफोड
थप २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
जापानले दिएको कोरोनाविरुद्धको खोप आज आइपुग्दै
विश्वभर १८ करोड ९२ लाखले जिते कोरोना भाइरसको संक्रमण