रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले दिए राजीनामा


काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन्। १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको भट्टराईले बुधबार महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण सोधेको थियो । पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर नागरिकको प्रदत्त मौलिक हक, वाक स्वतन्त्रता कुन्ठित गर्ने ढंगले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले आफूले राजीनामा दिएको उनले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

‘रेल सञ्चालनका लागि गर्नुपर्ने पूर्वतयारीहरु रहेको अवस्थामा सञ्चालन प्रक्रियालाई नै गम्भीर असर पर्ने गरी राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले, पूर्ववर्ति सरकारले नियुक्त गरेका सवै नियुक्तिहरु खारेज गर्ने भन्ने वर्तमान सरकारको घोषित नीति अनुरुप वर्खास्त गर्ने उद्देश्य लिई मलाई सफाई पेश गर्न भनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धि मापदण्ड २०७७ को दफा ९ को खण्ड घ मा व्यवस्था नै नभएको विषयमा आरोप लगाई स्पष्टिकरणको नाटक मञ्चन गरिएको हुँदा देश र जनता प्रति गैर जिम्मेवार, प्रतिशोधपूर्ण, अराजनीतिक ढंगले स्थापित र विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध बिभिन्न अवाञ्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरुको सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्यमान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रवन्धक पदबाट राजिनामा दिएको छु,’ भट्टराईले राजीनामा पत्रमा लेखेका छन्।

हेर्नुस् भट्टराईको राजीनामा पत्र :


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी
पिलो निचारिँदैमा वजन घटेको हुन्न : ओली
मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा राजिनामा दिने तयारी, आचार्य मुख्यमन्त्री हुने