प्रधानमन्त्रीलाई गगनको प्रश्न: कक्षा १२ बाहेक अरु तहको परीक्षा सञ्चालनको आधार के ?


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य तहको परीक्षा सञ्चालन गर्नुको आधार र तर्क के हो भन्दै प्रश्न गर्नुभएको छ । सोमबार ट्विट गर्दै थापाले प्रधानमन्त्रीलाई यस्तो प्रश्न गर्नुभएको हो ।

उहाँले यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको धारणा समेत माग्नुभएको छ । स्वास्थ्य मन्त्रालयले यस अघि नै सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको थियो । त्यसलाई वेवास्ता गर्दै सरकारले कक्षा १२ बाहेक त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु भने सुचारु हुने बताएको थियो ।

थापाले सकारले सबै स्वास्थ्य मापदण्ड पुरा गरेर परीक्षा सञ्चालन गर्नुपर्ने नभए वैकल्पिक माध्यमबाट परीक्षा गर्न पनि माग गर्नुभएको छ । ‘कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्योकि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो’ उहाँले लेख्नुभएको छ ।

कोरोनाको तेस्रो लहर सुरु भएसँगैं कक्षा १२ को परीक्ष स्थगित गरिएको छ भने त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने विभिन्न संकायको परीक्षा भने निरन्तर चलिरहेको छ ।

परीक्षामा भीडभाड भएको, स्वास्थ्य मापदण्ड पालना नगरिएको, एउटै कक्षामा धेरै विद्यार्थीहरु राखेर परीक्षा दिन लगाइएको, पीसीआर रिपोर्ट विनै परीक्षामा परीक्षार्थी सहभागी भएकाले परीक्षाबाटै कोरोना संक्रमण तीव्र हुने भन्दै आलोचना भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी
पिलो निचारिँदैमा वजन घटेको हुन्न : ओली
मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा राजिनामा दिने तयारी, आचार्य मुख्यमन्त्री हुने