कचनकवलबाट पाँच लाखको अवैध कपडा बरामद


झापा । चाडपर्व नजिकिएसँगै झापाका सीमा नाकाबाट अवैध रुपमा भन्सार छलेर सरसामान भित्रिन थालेको छ । यसै क्रममा सशस्त्र प्रहरीले शनिबार राति करिब ५ लाख १९ हजार ५ सय मूल्य बराबरको कपडा बरामद गरेको छ ।

सो कपडा कचनकवल गाउँपालिका ५ स्थित पाठामारी नाकाबाट भन्सार छलेर भित्र्याइएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

भन्सार छलेका चार पोका कपडा बनियानीबाट भद्रपुरतर्फ आइरहेको विशेष सूचनाको आधारमा विओपी भद्रपुरका प्रहरी निरीक्षक बिभुराज दाहाल नेतृत्वमा खटिएको टोलीले रंंगियाडाँगाबाट बरामद गरेको हो । बरामद गरिएको कपडाका बोरामा २०७८ थान टी-सर्ट रहेको छ ।

बरामद गरिएको कपडा भद्रपुर भन्सार कार्यालय बुझाइएको डिएसपी भण्डारीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदुषण भएको भन्दै स्थानीयले गरे बाटाे अवरोध
झापामा प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने
इलाममा चक्कु प्रहार गरी आफ्नै दाईको हत्या, भाई पक्राउ
प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै