राजीनामा दिने तयारीमा रेलवे कम्पनीका महाप्रबन्धक भट्टराई


काठमाडौँ ।  रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिने तयारी गरेका छन् । आचरण र अनियमितताको आरोप लगाउँदै गत मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले आज पत्रकार सम्मेलन गरेर आफूले गरेका कामको विवरण सार्वजनिक गर्दैछन् । यसलगत्तै उनले मन्त्रालय राजीनामा बुझाउने तयारी गरेको निकट स्रोतले जनाएको छ ।

प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै राजीनामा दिने तयारी गरेका हुन् । भट्टराईले केपी ओली नेतृत्वको सरकारले २०७७ जेठ २८ गते नियुक्त गरेको थियो । उनले असार ४ बाट कार्यभार सम्हालेका थिए । खबरहब बाट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी
पिलो निचारिँदैमा वजन घटेको हुन्न : ओली
मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा राजिनामा दिने तयारी, आचार्य मुख्यमन्त्री हुने