गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति, आज ४ बजे सार्वजनिक गरिने


काठमाडौं ।  नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा गठबन्धनका दलहरुबीच सहमति जुटेको छ।

गठबन्धन सरकारलाई सहयोग गर्नका लागि गठित कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई शीर्ष नेताहरुले अन्तिम रुपम दिएका हुन्। कार्यक्रमलाई आइतबार अपराह्न ४ बजे सिंहदरबारमा सार्वजनिक गरिने कार्यक्रम तय भएको छ।

‘अब साझा कार्यक्रमले अन्तिम रुप पाएको छ,’ कार्यदलका एक सदस्यले भने, ‘आजै त्यसलाई सार्वजनिक गरिनेछ।’ यसअघि न्यूनतम साझा कार्यक्रमको मस्यौदामा स्थानीय तहलाई प्रदेश सरकार मातहत राख्नेलगायतका विवादास्पद प्रस्ताव गरिएका थिए।

त्यसलाई लिएर चर्को विरोध भएको थियो। कार्यदलका ती सदस्यले अन्तिम रुप दिइएको कार्यक्रममा यो विषय समावेश नरहेको दाबी गरे।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आज उक्त कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी
पिलो निचारिँदैमा वजन घटेको हुन्न : ओली
मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा राजिनामा दिने तयारी, आचार्य मुख्यमन्त्री हुने