नेपाल हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत


काठमाडौं, कात्तिक २० । नेपाल हाइड्रो डेभलपरको साधारण शेयर (आइपीओ) सोमबार नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको २६ लाख कित्ता आइपीओ सूचिकृत भएको नेप्सेले जनाएको छ । 

नेप्सेमा सूचिकृत भएको एक सातामा कम्पनीको शेयर कारोबार हुने प्राबधान रहेको छ ।    कम्पनीले यही साउन २७ गतेदेखि साउन ३२ गतेसम्म सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो । एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको यस कम्पनीको आईपीओमा एक लाख ७१ हजार ५९२ जनाको आवेदन स्वीकृत भएको थियो । जसमध्ये ६ हजार २७० जना आवेदकले १० कित्ता शेयर प्राप्त गरेका थिए ।

६ दशमलव ८ मेगावाटको तल्लो चर्नावती जलविद्युत् आयोजनाको निर्माण गर्न लागेको कम्पनीले यसअघि ३ दशमलव ५२ मेगावाटको चर्नावती जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । यस कम्पनीलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत रहेको देखिन्छ । यसअघि सञ्चालनमा रहेको पहिलो आयोजनाको आधारमा यस्तो रेटिङ प्रदान गरिएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपीओ निष्काशन गर्ने
दैनिक नयाँ रकर्ड बनाउदै नेप्से, होटल र बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण
मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ साउन १४ देखि
सेयर बजारमा ब्रोकर ‘सिन्डिकेट’ कहिलेसम्म?