‘म त मर्छु कि क्या हो’ ओहो मुभिजबाट सार्वजनिक हुने


झापा । धुर्मुस–सुन्तलीको निर्माणमा बनेको फिल्म ‘म त मर्छु कि क्या हो’ ओटिटी प्लेटफर्म ‘ओहो मुभिज’ मा सार्वजनिक हुने भएको छ । 

दुई वर्षअगाडि रिलिज भएको धुर्मुस–सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ ले सफल व्यापार गर्न सकेको थिएन । कोरोना कहरबीच सिनेमा हलमा फिल्म रिलिज हुँदा ‘सेन्टी भाइरस’ले आफ्नो लगानीसमेत बचाउन पाएको थिएन । यही कारण पनि धुर्मुस–सुन्तलीले आफ्नो आगामी फिल्मलाई ओटिटीमा रिलिज गर्न लागेका हुन् ।

फिल्ममा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)सँगै बुद्धि तामाङ, विजय बराल, पल्पसा डङ्गोल (चम्सुरी), बालदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य, सुशीला थापालगायतको अभिनय छ । 
‘म त मर्छु कि क्या हो’लाई सिताराम कट्टेलले निर्देशन गरेका हुन् । सुदीप बरालको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन रहेको यो फिल्म भदौ ११ गते सार्वजनिक हुने छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सुरु भयो, नेपाल आइडलको डिजिटलल अडिसन
सोह्र महिना सिनेमा हल बन्द हुँदा चलचित्र क्षेत्रलाई १८ अर्ब घाटा
अमिर खानले गरे पत्‍नीसँग सम्बन्धविच्छेद, १५ वर्षको विवाहसम्बन्ध टुंगियो
बालआश्रममा मनाइन् एलिनाले आफ्नो जन्मदिन