सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको निर्णय, व्यवसायिक आवद्धताबाट अलग भएको घोषणा


काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पदमा बसुञ्जेल सरकारी सुविधा नलिने निर्णय गरेका छन् । आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा बाहेकका अन्य सेवा नलिने बताएका हुन् ।

उक्त पत्रकार सम्मेलनमा श्रेष्ठले कोरोनाभाइरस महामारी रोकथामका लागि एकसय दिने कार्ययोजना पनि सार्वजनिक गरेका छन् । ‘म कार्यरत रहुञ्जेल आवास, गाडी र भत्ता लिन्न’ उनले भने, ‘आफू सम्बद्ध सम्पूर्ण व्यवसायमा पनि आबद्ध हुनेछैन ।’

राज्यमन्त्री श्रेष्ठले आफू व्यवसायिक पृष्ठभूमीको भएपनि समाजसेवाको उद्देश्यले राजनीतिमा आएको र स्वार्थ नबाझियोस् भन्नका लागि व्यवसायिक आवद्धताबाट राजीनामा दिने बताए ।

उनी लिटिल एन्जल्स स्कूल, प्राइम कमर्सियल बैंक, सिराइचुली होटल लगायत विभिन्न व्यवसायिक संस्थामा आवद्ध रहेका छन् । नेपाल प्रेसबाट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

छ प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना, लगातारको झरी अब कम हुने
हालसम्म ७७० नेपाली अफगानिस्तानबाट फर्किए
बिर्तामोड खोप प्रकरणः स्वास्थ्यका कर्मचारी र खड्कालाई कारबाहीको सिफारिस
स्थानीय तहमा मात्रै ४० अर्ब बेरुजु