राष्ट्रिय फुटबल टिमका खेलाडीलाई १० दिन बिदा


झापा । परिवारसँग केही समय बस्न अनुरोध गरेपछि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई १० दिनको विश्राम दिइएको छ ।

उनीहरु लामो समयदेखि बन्द प्रशिक्षणमा रहेका थिए । आसन्न साफ च्याम्पियनसिप र एसिया कपको अन्तिम छनोटको तयारीमा रहेको राष्ट्रिय टिमका खेलाडीले साफ च्याम्पियनसिप समेत पछि सरेकाले खेलाडीले छुट्टी पाएका हुन् ।

अगस्ट १० मा मैदानमा फर्किने गरी खेलाडीलाई बिदा दिइएको हो । पूर्वतालिका अनुसार नै खेलाडीलाई विश्राम दिइएको एन्फाले जनाएको छ ।

साफको तयारीमा रहेको नेपाललाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले प्रशिक्षण दिइरहेका छन् । उनले राष्ट्रिय टिममा ३६ खेलाडीलाई राखेर प्रशिक्षण गराइरहेका छन् ।

मुख्य प्रशिक्षकले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङमाथि आरोप लगाउँदै राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा पुगेको थियो । घटनाको छानबिनका लागि एन्फाले मन्त्रालयलाई आग्रह गरेको छ ।

करिब १० दिनमा खेलाडीले समेत विश्राम पाउने र छानबिन समेत टुङ्गो लाग्ने एन्फाले आशा गरेको छ ।

छानबिनको टुङ्गो नलागेसम्म प्रशिक्षणमा नदेखिने अल मुताइरीले बताएका थिए । तर, शनिबार मैत्रीपूर्ण खेलमा भने उनी मैदानमा देखिए । प्रत्येक शनिबार प्रशिक्षकले खेलाडीबीच मैत्रीपूर्ण खेल खेलाउने गर्छन् ।

उनले शनिबार नितिन थापा र पुजन उपरकोटी नेतृत्वको टिम मैदान उतारेका थिए । नितिनको टिमसँग पुजनको टिम ४-३ ले पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापामा प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने
साफ खेल्ने नेपाली फुटबल टिम माल्दिभ्समा
असोज १ गतेदेखि मेचीनगरमा “युवा कप” फुटबल प्रतियोगिता हुने
साफ च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स