२४ घण्टामा ३ हजार ८९९ संक्रमित थपिए, २० को मृत्यु


काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ६५५ जनाको पीसीआर परीक्षणमा २ हजार ७२६ र ४ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १७३ जना गरी कुल ३ हजार ८९९  जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दमकबाट चार लाखसहित १७ जना जुवाडे पक्राउ
काठमाण्डौको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ
पर्यटकको पहिलो गन्तव्य इलाम
पाथीभरा दर्शन आजदेखि खुला