चीनबाट खोप ल्याउन आजबाट लगातार तीन उडान


काठमाडौं । चीनको राजधानी बेइजिङबाट कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाजले आजबाट लगातार तीन उडान गर्दैछ ।

नेपाल वायुसेवा निगमका अनुसार सरकारले चीनबाट खरीद गरेको दोस्रो खेप लिन आज साँझ जहाज बेइजिङ उड्दैछ । यो जहाज बिहीबार काठमाडौं अवतरण गर्नेछन् । बिहीबार साँझ जहाज पुनः बेइजिङ जाने छ ।

सो जहाज शुक्रबार काठमाडौं आउने छ । अर्को उडान शनिबार साँझका लागि तोकिएको छ । सो जहाज आइतबार काठमाडौं आउने छ । वाइडबडी जहाज ए-३३९ जहाजले एक पटकमा ८ लाख भन्दा केही बढी खोप ल्याउन सक्छ ।

यसअघि निगमले २५ असारमा पहिलो खेप ल्याएको थियो । सो बेला ८ लाख ९ हजार ६ सय डोज खोप नेपाल आएको थियो । सरकारले ४० लाख डोज खोप चीनबाट किनेको छ । चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो
विश्वमा नै कोरोना संक्रमणको दर बढ्दो
बिएण्डसीलाई सम्बन्धन दिन, सरकार आफैं चलाउन वा बन्द गर्न प्रधानमन्त्रीसँग दुर्गा प्रसाईंको माग
विवेकशिलका पूर्वअध्यक्ष थापाको उपचार खर्च दुर्गा प्रसाईले ब्यहोर्ने