भीम रावलले दिए सांसद पदबाट राजीनामा


काठमाडौं – प्रतिनिधि सभा सदस्य डा.भीम रावलले  प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् । 

नेकपा (एमाले) उपाध्यक्ष समेत रहेका अछाम जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रावलले  आइतबार राजीनामा दिएका हुन् । 

रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन् । 


प्रधानमन्त्री शेरबहादुर देउवालाई आज विश्वासको मत लिँदैछन । त्यस विषयमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षमा विवाद छ । 

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा नेपाल पक्षबाट संयोजक थिए । उक्त कार्यदलले एमाले एकताका लागि १० बुँदे सहमति गरेको थियो । 

देउवालाई मत दिँदा संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा रावल थिए । तर नेता नेपाल भने देउवालाई मत दिनुपर्ने पक्षमा छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पिलो निचारिँदैमा वजन घटेको हुन्न : ओली
मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा राजिनामा दिने तयारी, आचार्य मुख्यमन्त्री हुने
माओवादी केन्द्र : प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की, झापा इन्चार्जमा धर्मशिला चापागाईँ