बिर्तामोडमा अर्धनग्न अवस्थामा युवतीको शव फेला


झापा । झापाको बिर्तामोडमा आज बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेको छ ।

बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २५ वर्षीया युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।

सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हल्दिवारीमा ११ वटा वहुवर्षीय योजना सञ्चालनमा: ‘हल्दिवारीको बाचा झापाभरि माछा’
माछा पोखरीमा डुबेर झापामा एकको मृत्यु
मेचीनगरमा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य
बिर्तामोड नगरपालिकामा अपारदर्शीता बढेको भन्दै जागे युवा, नगरसभा चल्न नदिने चेतावनी