गाडी ब्याक गर्दा किचेर एकजनाको मृत्यु


झापा । उदयपुरको ताप्ली गाउँपालिका ५ डुढेस्थित सडकखण्डमा कटारीबाट रुपाटारतर्फ जादै गरेको प्र २–०१–००–१ च–००५० नम्वरको बोलेरोले किचेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाडीमा सवार सोही स्थान बस्ने २५ बर्षीय रमेश नेपाली रहेका छन् । आज बिहानको राति २ बजे सो स्थामा उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुँदा उक्त गाडीमा सवार मानिसहरु ओर्लने क्रममा नेपालीलाई किचेर गम्भीर घाईते बनाएको थियो ।

घाईतेलाई तत्काल उद्धार गरी कटारी अस्पताल पु¥याउँदा मृत्यु भईसकेको अस्पतालले जनाएको छ ।
गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ३० बर्षीय ईश्वर श्रेष्ठ फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सोह्र महिना सिनेमा हल बन्द हुँदा चलचित्र क्षेत्रलाई १८ अर्ब घाटा
दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो
सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपीओ निष्काशन गर्ने
दैनिक नयाँ रकर्ड बनाउदै नेप्से, होटल र बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण