माछा पोखरीमा डुबेर झापामा एकको मृत्यु


झापा । माछा पोखरीमा डुबेर झापामा एकजनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-९ पोकापाडाका करिब ६० वर्षीय धनसिंह राजवंशीको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजे घरमा कसैलाई नभनी निस्किएका उनी रातभर घर हराएका थिए।

धनसिंह घर नआएपछि परिवारका सदस्यले स्थानीयलाई जानकारी गराएका थिए। स्थानीयले खोज्ने क्रममा उनको शव शनिबार बिहान माछा पोखरीमा डुबेको अवस्थामा शव फेला परेको थियो।

उनको शवलाई प्रहरी चौकी घोडामारा र १ नम्बर प्रदेश विपत् व्यवस्थापन कार्यालय भद्रपुरका टोली बिहान ९ बजे पोखरीबाट निकालेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बिर्तामोडमा अर्धनग्न अवस्थामा युवतीको शव फेला
हल्दिवारीमा ११ वटा वहुवर्षीय योजना सञ्चालनमा: ‘हल्दिवारीको बाचा झापाभरि माछा’
मेचीनगरमा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य
बिर्तामोड नगरपालिकामा अपारदर्शीता बढेको भन्दै जागे युवा, नगरसभा चल्न नदिने चेतावनी