अमिर खानले गरे पत्‍नीसँग सम्बन्धविच्छेद, १५ वर्षको विवाहसम्बन्ध टुंगियो


झापा । बलिउड अभिनेता आमिर खानले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन्। श्रीमती किरण रावसँग १५ वर्षको यात्रा सहमतिमा टुंगिएको बताएका छन्।

उनीहरूले २००५ को डिसेम्बरमा बिहे गरेका थिए। आमिर र किरणले सम्बन्धविच्छेदको बारेमा आधिकारिक विज्ञप्ति पनि जारी गरेका छन्।

‘१५ वर्ष हामीले सँगै बितायौं। हामी प्रत्येक क्षण हास्नका साथ बाँच्यौं र हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमको साथ बढ्दै गयो। अब हामी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्नेछौं। जुन पति र पत्नी जस्तो हुँदैन’, विज्ञप्तिमा लेखिएको छ, ‘हामीले हाम्रो अलग्गै योजना बनाएको थियौं र अब हामी छुट्टै बस्नेछौं। हामी छोरा आजादको अभिभावकत्वमा कुनै कसुर बाँकी राख्ने छैनौं।’

सम्बन्धविच्छेद भए पनि फिल्म र हाम्रो पानी फाउण्डेशनलगायत सबै प्रोजेक्टहरूमा एकसाथ काम जारी राख्ने दुवैले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सुरु भयो, नेपाल आइडलको डिजिटलल अडिसन
‘म त मर्छु कि क्या हो’ ओहो मुभिजबाट सार्वजनिक हुने
सोह्र महिना सिनेमा हल बन्द हुँदा चलचित्र क्षेत्रलाई १८ अर्ब घाटा
बालआश्रममा मनाइन् एलिनाले आफ्नो जन्मदिन