ताप्लेजुङको सिरिजंघा गाउँपालिकाबाट एकै वर्षमा ५०० बढी बसाइँ सरे


ताप्लेजुङ । सिरिजंघा गाउँपालिकाबाट एकै वर्षमा ५०० जनाभन्दा बढी बसाइँ सरेका छन्। चालु आर्थिक वर्षको यो अवधिसम्ममा ५३० जना बसाइँ सरेर अन्यत्र गएका छन्। 

गाउँपालिका पञ्जीकरण शाखाको तथ्यांकअनुसार ५३० जना बसाइँ गएका छन् भने २० जना अन्यत्र ठाउँबाट बसाइँ सरी आएका छन्। तथ्यांकअनुसार वडा नम्बर ७ खेबाङबाट सबैभन्दा बढी १४९ जना बसाइँ सरी अन्यत्र गएका छन्। खेबाङमा चारजना भित्रिएका छन्।

यस्तै, वडा नम्बर ८  याम्फुदिनबाट सबैभन्दा थोरै १३ जना बसाइँ सर्दा एकजना भित्रिएका छन्। वडा नम्बर १ सिनामबाट ५३, वडा नम्बर २ आम्बेगुदिनबाट १२०, वडा नम्बर ३ सिकैँचाबाट ७३, वडा नम्बर ४ तेल्लोकबाट ६४, वडा नम्बर ५ पेदाङबाट ४० र वडा नम्बर ६ मामाङ्खेबाट १८ जना बसाइँ गएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो
कोरोना महामारी : पूर्वी नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या शून्य
कोरोना संक्रमणदर उच्च हुन थालेपछि झापाका पालिका सिल हुँदै
सुकुम्बासीविहीन बन्दै मौवाखोला गाउँपालिका