कांग्रेसमा क्रियाशील सदस्यता छानबिन समितिमा मापदण्डबारे विवाद, पदाधिकारीमा छलफल हुने


काठमाडौँ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बाेलाएकाे छ । आज दिउँसो २ बजेका लागि बाेलाइएकाे बैठकमा आगामी १४ औँ महाधिवेशनकाे तयारी, क्रियाशील सदस्यताकाे विवाद लगायत विषयमा छलफल हुने जनाइएकाे छ ।

बैकठ पार्टी केन्द्रीय कार्यलय सानेपामा बस्ने भएको छ । बैठकमा पार्टीका बहालवाला पदाधिकारी, पूर्व पदाधिकारी तथा शीर्ष नेताहरू सहभागी हुने जनाइएकाे छ ।

महाधिवेशनकाे तयारीमा जुटेकाे कांग्रेसभित्र थुप्रै विवाद व्याप्त छन् । एकातिर पार्टी सभापतिका आकांक्षीहरू धेरै देखिएकाले उनीहरूलाइ कसरी व्यवस्थित गर्ने, कसरी सहमति जुटाउने भन्नेबारेमा छलफल केन्द्रित हुने बताइएकाे छ ।

साथै  क्रियाशील सदस्यताबारे देखिएकाे विवादमा पनि छलफल हुने वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षधर एक नेताले बताए । कांग्रेसमा संस्थापनइतर पक्षका नेताहरूले  क्रियाशील सदस्यता नवीकरणमा अपारदर्शिता एवं अनियमितता भएकाे आराेप लगाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पिलो निचारिँदैमा वजन घटेको हुन्न : ओली
मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा राजिनामा दिने तयारी, आचार्य मुख्यमन्त्री हुने
माओवादी केन्द्र : प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की, झापा इन्चार्जमा धर्मशिला चापागाईँ