प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड, आर्थिक वृद्धि ऋणात्मक


विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश ल्याएको थियो । तर आगामी आर्थिक वर्षका लागि आठ अर्ब घटाएर बजेट प्रस्तुत गरेको हो ।

आर्थिक वृद्धि ऋणात्मक

यस्तै, प्रदेश १ को आर्थिक वृद्धिदर १.१८ प्रतिशतले ऋणात्मक भएको छ । सरकारले अघिल्लो आर्थिक वर्ष ३.४१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको थियो ।

ऋणात्मक वृद्धिदर भएपनि आगामी वर्षको वृद्धिमा सुधार हुने अनुमान गर्दै सरकारले ३.६ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपीओ निष्काशन गर्ने
दैनिक नयाँ रकर्ड बनाउदै नेप्से, होटल र बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण
मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ साउन १४ देखि
सेयर बजारमा ब्रोकर ‘सिन्डिकेट’ कहिलेसम्म?