प्रदेश १ सरकारले आज करिव ३४ अर्बको बजेट ल्याउँदै


विराटनगर । प्रदेश १ सरकारले आज आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक अनुमानित बजेट ल्याउदैछ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ्गब लिम्बुले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सरकारले आगामी वर्षका लागि करिव ३४ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । प्रदेश सरकार स्थापना भएपछि एउटा आंशिक र तीन वटा पूर्ण बजेट ल्याएको प्रदेश सरकारले चौथो पूर्ण बजेट प्रस्तुत गर्न लागेको हो ।

कोरोना महामारीको बेलामा स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार गर्ने गरी प्रदेशसभामा पेश भएको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सरकारका विभिन्न मन्त्रालयहरु र सरकारका निकायहरुलाई ३२ अर्बको सीमा भित्र रहेर कार्यक्रमहरु पेश गर्न भनेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपीओ निष्काशन गर्ने
दैनिक नयाँ रकर्ड बनाउदै नेप्से, होटल र बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण
मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ साउन १४ देखि
सेयर बजारमा ब्रोकर ‘सिन्डिकेट’ कहिलेसम्म?