मोटरसाईकल चोरी गर्ने सात जना पक्राउ


विराटनगर । मोटसाइकल चोरी गरेको आरोपमा प्रहरीले सात जनलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले मोटरसाइकल चोरी आरोपमा ७ जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका २० का ३८ वर्षीय कोप बलराम गुरूङ, सोही ठाउँका ३९ वर्षीय भवेस भन्ने सुवास लिम्बू, ३० वर्षीय मचिन राई, २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भन्ने मनोज परियारलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

जेठ २ गते राती मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलियास्थित मिना कुमारी बिकको घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र–१–०५–००१ प–००६१ नम्बरको रातो कलरको २०० सिसिको एनएस मोटरसाईकल उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ । चोरी भएको मोटसाइकल खोज्ने क्रममा प्रहरीले इटहरी महानगरपालिका १३ का २८ वर्षीय राजेश मेहताको घरबाट शुक्रबार राति सो मोटरसाईकल बरामद गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

करेन्ट लागेर झापामा एक जनाको मृत्यु
रकम अभावमा अस्पतालबाट डिस्चार्ज हुन पाएनन् राजवंशी
विर्तामोडका मेयर शिवाकोटीको अभिव्यक्ति अफवाह मात्र, सुनले भाइरस तान्छ भन्नु वेसारको गफभन्दा डरलाग्दो
एनएसजेएफ झापाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान