करेन्ट लागेर झापामा एक जनाको मृत्यु


झापा । करेन्ट लागेर झापाको कचनकवलमा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति छिमेकीको ट्युवेलमा पानी खान खोज्दा करेन्ट लागेका झापा कचनकवल गाऊपालिका ६ का ४० वर्षे डोलु आलम मियाँको उपचारका क्रममा मृत्यु भएको हो ।

धान काट्न गएका डोलु तिर्खा लागेपछि ट्युवेलमा पानी पिउन गएका थिए । ट्युबेलमा पानी तान्ने पम्प जडान गरिएको र त्यसमा करेन्ट प्रवाह भएकोले उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लैजादै गर्दा बाटैमा निधन भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मोटरसाईकल चोरी गर्ने सात जना पक्राउ
रकम अभावमा अस्पतालबाट डिस्चार्ज हुन पाएनन् राजवंशी
विर्तामोडका मेयर शिवाकोटीको अभिव्यक्ति अफवाह मात्र, सुनले भाइरस तान्छ भन्नु वेसारको गफभन्दा डरलाग्दो
एनएसजेएफ झापाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान