रकम अभावमा अस्पतालबाट डिस्चार्ज हुन पाएनन् राजवंशी


बिर्तामोड । झापाको बुद्धशान्तिमा बसोबास गरी मजदुरी गरि जिविकोपार्जन गर्दै आएका एक मजदुर घरबाट लडेर बिर्तामोडको मेडिका अस्पताल भर्ना भएको एकसाता भन्दा बढी भएतापनि पैसा अभावले अस्पतालबाट डिस्चार्ज हुन् सकेका छैनन् ।

मजदुरि गर्दै विहानबेलुकीको छाक टार्दै आएका,आर्थिक अवस्था कमजोर भएका उनले अस्पतालमा बुझाउनुपर्ने शुल्क तिर्न नसक्दा डिस्चार्ज हुन सकेका छैनन् । पारिवार आफन्त कोहि नभएको साथीभाई संगै कोठा लिएर बुधबारे बस्दै काम गर्दै आएका करिव ३५ बर्षका शखा राजवंशी अस्पतालको करिव १,५०,००० बुझाउन नसक्दा अस्पतालको बेडमा बस्न बाध्य भएको बताइएको छ ।

स्थानीयले करिव ५० हजार रुपैंयाँ सबैबाट सकेको संकलन गरेर अस्पताल पुर्याउँदा अस्पतालले केहि रकम छुट गर्दा समेत डिस्चार्ज हुन नसकेको स्थानीय देवि दुलालले बताइएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मोटरसाईकल चोरी गर्ने सात जना पक्राउ
करेन्ट लागेर झापामा एक जनाको मृत्यु
विर्तामोडका मेयर शिवाकोटीको अभिव्यक्ति अफवाह मात्र, सुनले भाइरस तान्छ भन्नु वेसारको गफभन्दा डरलाग्दो
एनएसजेएफ झापाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान