अल्मुलाईरीले समर्थकलाई भने-‘म कुनै ‘बाेस’ वा ‘सर’ हाेइन, प्रशिक्षक मात्र’


झापा । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई नेपाली समर्थक फुटबलका लागि कति क्रेजी छन् भन्ने प्रष्ट थाहा छ, उनलाई यो पनि थाहा छ की समर्थकलाई कसरी खुसी बनाउनुपर्छ र उनीहरुको सेन्टिमेन्टलाई कसरी कन्ट्रोल गर्नुपर्छ भनेर ।

यस्तैले उनी फिफा विश्वकप छनौटका लागि जानु भन्दा अगाडीदेखि नै नेपाली समर्थकका विषयमा निकै सजक थिए । उनले इराक पुगेपछि समर्थकलाई नै उल्लेख गर्दै इराकसँगको खेलको नतिजाको सम्पुर्ण जिम्मा आफुले लिने र खेलाडीलाई कुनै दोश नलगाउने भनेका थिए । त्यसमा उनले समर्थकको निकै साथपनि पाए ।

उनले समर्थकबाट सकारात्मक फिडब्याक पाएपछि त्यसपछि समर्थकको प्रश्नको उत्तर दिनेसम्मको प्रयास गरे । तर यति धेरै समर्थकले जिज्ञाशा राखेका थिए, की सबैलाई उत्तर दिन सकिने अवस्था थिएन । यस्तैमा फेरी प्रशिक्षक अब्दुल्लाहले चाइनिज ताइपेइको खेलपछि शुक्रबार दिउँसो आफ्नो फेसबुकमा अर्को स्टेसट राखे । त्यसमा उनले विश्वकप छनौटमा एक खेल खेलेको र अर्को खेलको तयारीमा रहेको, खेलाडीलाई नतिजाका लागि दबाव नदिन भनेर आग्रह गरेका छन् ।

उनले ताइपेइविरुद्धको खेलमा सोचेको लक्ष्य हात पारेको र अब जोर्डनविरुद्धको खेलमा केन्द्रित भएको बताए । साथै उनले अर्को एउटा खेलमा खेलाडीलाई नतिजाका लागि दबाव नदिन आग्रह गरेका छन । जोर्डनविरुद्धको खेल आफ्ना लागि नयाँ रणनिती हुने र त्यो नयाँ हुने बताए । त्यसैले सबैलाई धैर्र हुनका लागि आग्रह गरेका छन । साथै उनले आफु कुनै बोस वा सर नभएको केवल प्रशिक्षक भएको र आफुलाई प्रशिक्षक नै भन्न भनेर आग्रहा गरेका छन् ।

अब्दुल्लाहको प्रशिक्षणमा पहिलो पटक विदेश भ्रमणमा गएको नेपाली टिमले दुई खेलमा नै चार गोल गरेको छ । अब नेपालले २४ गते जोर्डनसँग कुवेतमा नै खेल्नेछ ।(नेप्लेजबाट)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

गोर्खाली पाराको खेलबाट सन्तुष्ट छु : अलमुताइरी
नेपालले एशियन कपकाे बाटाे प्लेअफबाट खाेल्नुपर्ने
विश्वकप छनोट : ब्राजिलको लगातार छैटौं जित, नेयमार चम्किए
विश्वकप छनोटमा आज राति ९ खेल हुँदै, नेपाल चाइनिज ताइपेईसँग भिड्दै