एनएसजेएफ झापाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान


बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

एक कार्यक्रमका बीच बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त सामग्री प्रदान गरिएको हो ।

खेलकुद पत्रकार मञ्चको तर्फबाट अध्यक्ष हिमाल खरेल, कोषाध्यक्ष राजु पौडेल र सल्लाहकार इन्द्रजीत मुखियाले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

मञ्चले एक सय थान सेनिटाइजर, एक हजार थान मास्क र ५० थान फेससिल हस्तान्तरण गरेको हो ।

संकटको घडीमा सहयोग गरेकोमा महासंघका अध्यक्ष गिरीले खेलकुद पत्रकार मञ्चलाई धन्यवाद दिँदै मञ्चसँग उद्देश्य मिल्ने अभियानमा सहकार्य गर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जीत प्रसाईं र कार्यसमिति सदस्य रञ्जीत परियारको सहभागिता रहेको थियो ।

हालसम्म झापाका ३३ पत्रकार कोरोनाबाट संक्रमित भएको, त्यसमध्ये एकजनाको निधन भएको र हाल पाँचजना होम आइसोलेसनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बिर्तामोडमा अर्धनग्न अवस्थामा युवतीको शव फेला
हल्दिवारीमा ११ वटा वहुवर्षीय योजना सञ्चालनमा: ‘हल्दिवारीको बाचा झापाभरि माछा’
माछा पोखरीमा डुबेर झापामा एकको मृत्यु
मेचीनगरमा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य