विवेकशिलका पूर्वअध्यक्ष थापाको उपचार खर्च दुर्गा प्रसाईले ब्यहोर्ने


झापा  विवेकशिल नेपाली दलका पूर्वअध्यक्ष उज्जवल थापाको स्वास्थय अवस्था जटिल बन्दै गएको छ । कोरोना भाइरस संक्रमणपछि फोक्सोमा गम्भिर असर पुर्याएपछि उहाँलाई अहिले एक्मो मेशिनको सहायतामा उपचार सुरु गरिएको छ ।

चिकित्सकका अनुसार एकदमै जटिल अवस्थामा पुगेका बिरामीहरुलाई एक्मोको सहायताले उपचार गरिन्छ । एक्मो भनेको भेन्टिलेटरभन्दा अगाडिको स्टेजको उपचार विधि हो । यो उपचार नेपालमा निजी अस्पतालमा मेडिसिटि अस्पतालमा मात्रै रहेकाले थापालाई ग्राण्डीबाट गएराती मेडिसिटि ल्याइएको थियो ।

मेडिसिटिका मेडिकल सुपरीटेन्डेन्ट डा.राज राणाका अनुसार थापालाई गएराती मेडिसिटिमा ग्राण्डीबाटै आइसियुसहित ल्याइएको थियो । कोभिडले थापाको फोक्सोमा धेरै क्षति पुर्याएकाले उहाँलाई एक्मोको सहायतामा उपचार गर्नुपरेको बताउनुभयो ।

उहाँका अनुसार फोक्सोले शरीरलाई जति क्षमतामा अक्सिजन एक्सचेन्च गर्नपर्ने हो त्यो गर्न नसकेको अवस्थामा एक्मो मेशिनकाे सहारमा अशुद्ध रगतलाई शुद्धीकरण गर्ने गरिन्छ ।

 डा. राणा भन्नुहुन्छ, ‘एक्मो मेशिन रक्त नलीमा जोडिन्छ  र यसले शरीरको अशुद्ध रगतलाई शुद्धीकरणगरि पुन: शरीरमा पठाउँछ । जसरि मृगाैला फेल भएकाे व्यक्तिलाई डाइलासिस गरिन्छ तस्तै गर्ने हाे’ ।

उहाँका अनुसार एक्मो मेशिनले कार्बनडाइअक्साइडयुक्त रगतलाई शुद्धीकरण गरि अक्सिजन युक्त रगत मुटुमा पुर्याउन सहयोग गर्छ । 

उज्जवल थापाको औषधी उपचार खर्च वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पीटल विर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईले प्रदान गर्ने प्रसाईले बिज्ञप्ती मार्फत जानकारी  दिनुभयाे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एकैदिन ९ हजार ८४१ जना डिस्चार्ज, ६ हजार ९५१ संक्रमित थपिए
ताप्लेजुङको दुर्गम गाउँ घुन्साका घरमा घरमा बिरामी, सरकार बेखबर
चुम्बनले रोग प्रतिरोधी क्षमता बढाउने !
जंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी, आठजना गम्भीर