नेपालले शनिबार इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्दै, यसरी हुँदैछ प्रशिक्षण


झापा । नेपालले शनिबार फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्दैछ ।

इराकको बसरास्थित अल फयहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ ।नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १० बजेर १५ मिनेटमा सुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेका छन् ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छन् ।

घरेलु टिमसँगको मैत्रीपूर्ण खेलका लागि इराक पुगेको नेपाली राष्ट्रिय टोलीले धमाधम प्रशिक्षण अघि बढाएको छ।

शनिबार हुने मैत्रीपुर्ण खेलका लागि बुधबार इराक पुगेको नेपाली टिमले बिहीबार राति बासरा अन्तर्राष्ट्रिय मैदानमा प्रशिक्षण गरेको हो।

नेपाली टिमसँगै राष्ट्रिय खेलकुद परिषदक सदस्य सचिव रमेश कुमार सिलवाल र एन्फा उपाध्यक्ष शिक्षित पराजुलीसमेत इराक गएका छन्। उनीहरु दुवै जनाले टिम मेनेजर मधुसुदन उपाध्यायसँगै नेपाली टिमको प्रशिक्षणसमेत हेरेका छन्।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेलका लागि कुवेत प्रस्थान गर्नेछ। छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ। घरेलु मैदानमा आयोजना गर्नुपर्ने खेलस्तरीय संरचनाको अभावमा तटस्थ भूमिको रुपमा नेपालले कुवेतमा खेल्न लागेको हो।

नेपालले जुन ३ मा ताइपेइ, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

गोर्खाली पाराको खेलबाट सन्तुष्ट छु : अलमुताइरी
नेपालले एशियन कपकाे बाटाे प्लेअफबाट खाेल्नुपर्ने
विश्वकप छनोट : ब्राजिलको लगातार छैटौं जित, नेयमार चम्किए
अल्मुलाईरीले समर्थकलाई भने-‘म कुनै ‘बाेस’ वा ‘सर’ हाेइन, प्रशिक्षक मात्र’