एकैदिन ९ हजार ८४१ जना डिस्चार्ज, ६ हजार ९५१ संक्रमित थपिए


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३१३ जनाको पीसीआर परीक्षणमा ६ हजार ८५५ र ९९७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६ जना गरी कुल ६ हजार ९५१ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ९ हजार ८४१ जना संक्रमित निको भएका छन् । निको हुने दर ७८.१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विवेकशिलका पूर्वअध्यक्ष थापाको उपचार खर्च दुर्गा प्रसाईले ब्यहोर्ने
ताप्लेजुङको दुर्गम गाउँ घुन्साका घरमा घरमा बिरामी, सरकार बेखबर
चुम्बनले रोग प्रतिरोधी क्षमता बढाउने !
जंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी, आठजना गम्भीर