कानेपोखरीमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु


झापा । मोरङको कानेपोखरी गाउँपालिका–५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले वितरित दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कानेपोखरी गाउँपालिका–२ केरौनका ३२ वर्षीय दिलीप चौधरी घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागी कोसी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड, आर्थिक वृद्धि ऋणात्मक
प्रदेश १ सरकारले आज करिव ३४ अर्बको बजेट ल्याउँदै
बोका, बाख्रालाई प्लेकार्ड झुण्डाएर बेलबारी नगरपालिकाको गेटमा प्रदर्शन
गोर्खाली पाराको खेलबाट सन्तुष्ट छु : अलमुताइरी