ताप्लेजुङको दुर्गम गाउँ घुन्साका घरमा घरमा बिरामी, सरकार बेखबर


ताप्लेजुङ । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका—६ घुन्सा गाउँमा केही साता यता प्रत्येक घरमा बिरामी परेकाछन् । सुरुमा ज्वरो आउने, पखाला लाग्ने, रुघाखोकी लाग्ने, छाती दुख्ने समस्या रहेको स्थानीय पोमा शेर्पाले टेलिफोनमा जानकारी दिए ।

४० घरपरिवारको बसोबास रहेको हिमाली गाउँ घुन्साका प्रत्येक घरमा बिरामी रहेको शेर्पाले बताए । घुन्साबाट दुई घण्टा टाढाको गाउँ फलेमा पनि सोहि लक्षणका बिरामीहरु देखिन थालेको पेमाले सुनाए । २० घरको बसोबास रहेको फलेमा ७ घरमा बिरामी छन् । कोहि हप्तादिन बिरामी भएर निको भएका छन् ।

३ हजार ४ सय १२ मिटर उचाईमा रहेको घुन्सामा एउटा सामुदायीक स्वास्थ्य इकाई मात्रै छ । इकाई प्रमुख प्रविन राईले सुरुमा एक दुई जना मात्रै बिरामी हुँदा पालिका र वडा कार्यालयसँग समन्वय गरेको तर पालिकाले वास्ता नगरेको बताए ।

घुन्सामा स्वास्थ्यकर्मीको टोली पठाउने विषयमा पालिका अध्यक्षसँग कुरा गर्ने वडाध्यक्ष चन्द्र शेर्पाले बताए । ‘ठिक हुन्छ होला भनेर बाटो हे¥यौं । अझै बिरामी बढ्दै गए भने औषधि लिएर टोली पठाउँछौं,’ उनले भने । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले घुन्साका स्थानीय बिरामी परेको विषयमा गाउँपालिका अध्यक्षसँग बुझ्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विवेकशिलका पूर्वअध्यक्ष थापाको उपचार खर्च दुर्गा प्रसाईले ब्यहोर्ने
एकैदिन ९ हजार ८४१ जना डिस्चार्ज, ६ हजार ९५१ संक्रमित थपिए
चुम्बनले रोग प्रतिरोधी क्षमता बढाउने !
जंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी, आठजना गम्भीर