धरानमा एम्बुलेन्सबाट एक सय किलो गाँजा बरामद, दुई पक्राउ


धरान । एम्बुलेन्समा गाँजा ओसारपसा गरेको आरोपमा धरानबाट दुई जना पक्राउ परेका छन्।


धरान उपमहानगरपालिका-१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा सहिदभूमि गाउँपालिका-१ का २८ वर्षीय पोशन राईलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

भेडेटारबाट धरान आइरहेको को१च ५५५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले एक सय किलो गाँजा बरामद गरेको थियो।

लिम्बु चालक हुन्। उनीहरूलाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

धरान-२ स्थित सडकमा प्रहरीले एम्बुलेन्स रोकेर तलासी लिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बोका, बाख्रालाई प्लेकार्ड झुण्डाएर बेलबारी नगरपालिकाको गेटमा प्रदर्शन
प्रदेश १ को नीति तथा कार्यक्रम आज
सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ, झापामा एक सातामा दुईजनाको मृत्यु
पूर्वी नेपालबाट अवैध रुपमा प्रवेश गर्दै रोहिंग्या शरणार्थी