चुम्बनले रोग प्रतिरोधी क्षमता बढाउने !


चुम्बन, प्रेम अनुभूतिको प्रतिक मानिन्छ । प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त र साटासाट गर्दछन् । तर, चुम्बन केवल प्रेमको अभिव्यक्तिमा मात्र नभई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक छ ।

१. तनाव कम
चुम्बन गर्दा शरीरमा अक्सटोसिन नामक हर्मोन पैदा हुन्छ । यो शरीरलाई तनावमुक्त राख्न मद्दत गर्ने प्राकृतिक हर्मोन हो । चुम्बन गर्ने जोडिहरु सधै तनावमुक्त हुन्छन् ।

२. मुटुकालागि फाइदाजनक
चुम्बनले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रित गर्दछ । साथै मुटु स्वस्थ राखी मुटुसम्बन्धी रोगबाट बचाउँछ ।

३. दुखाई बिर्साउछ
यो सुन्दा अनौठो लाग्न सक्छ तर दिनभरको कामको चापले शरीरमा थकान महशुस हुन्छ भने आफ्नो जोडीसंग चुम्बन गर्दा यसले पेनकिलरको जस्तै काम गर्छ ।

४. क्यालोरी घटाउँछ
चुम्बनले क्यालोरी समेत कम गर्दछ । एक मिनेटसम्म चुम्बन गर्दा २ देखि ६ क्यालोरीसम्म कम गर्न सकिन्छ ।

५. अनुहारको मांसपेशी मजबूत
चुम्बनले अनुहारको मांसपेशीको व्यायाम हुन्छ साथै मजबुत बन्दछ । चुम्बनका बेला अनुहारको ३० मांसपेशीको प्रयोग हुन्छ, यसले गालालाई सही आकारमा राख्न मद्दत पुग्छ ।

६. एलर्जी घटाउँछ
चुम्बनबाट रगतमा एलजीई एण्टीबडीजको स्तर कम हुन्छ । यो एण्टीबडीजले हिस्टामाइन निकाल्दछ । यो हर्मोन आँछ्यु र आँखाबाट पानी आउनेजस्ता समस्याको कारक बन्दछ । तर, चुम्बनले यी सबै समस्याको समाधान गर्दछ ।

७. महिलामा लाभ
जर्नल मेडिकल हाइपोथेसिसमा प्रकाशित अध्ययन अनुसार चुम्बनले महिलाको रोग प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्दछ । चुम्बनबाट महिलाहरु साइटोमेगालो भाइरसबाट बच्न सक्छन् । खबर हब बाट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विवेकशिलका पूर्वअध्यक्ष थापाको उपचार खर्च दुर्गा प्रसाईले ब्यहोर्ने
एकैदिन ९ हजार ८४१ जना डिस्चार्ज, ६ हजार ९५१ संक्रमित थपिए
ताप्लेजुङको दुर्गम गाउँ घुन्साका घरमा घरमा बिरामी, सरकार बेखबर
जंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी, आठजना गम्भीर