झापाका थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु


झापा ।  झापाका थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा चारैजना पुरुष रहेका छन् । कनकाई , कमल , अर्जुनधारा र भद्रपुरका एक–एकजनाको मृत्यु भएको हो ।

कनकाई नगरपालिका वडा नं ३ का करिब ४० वर्षिय पुरुष संक्रमितको उपचारको अभावमा ज्यान गएको छ । संक्रमण पुष्टि भएर होम आइसोलेसनमा रहेका ती संक्रमितको स्वास्थ्य अबस्था गंभीर भएपछि हिजो बेलुका उपचारका लागि धरानको वीपी कोभिड हस्पिटल लगिएको थियो । त्यहाँ बेड खाली नभएको भन्दै फर्काइदिएपछि बिर्तामोडतर्फ ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले जानकारी दिए ।योसँगै कनकाई नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या १२ पुगेको छ ।

त्यस्तै अर्जुनधारा ११ का ५२ वर्षिय लिम्बू थरका पुरुषको धरानमा गएराति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए ।अर्जुनधारामा दोस्रो लहरमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । त्यस्तै कमल गाउँपालिका वडा नं ६ का ७३ वर्षिय बृद्धको दमकको लाइफलाइन अस्पतालमा गएराति ११ बजे मृत्यु भएको छ । सोही अस्पतालमा एन्टीजेन टेष्टमा पोजिटिभ देखिएको र उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका इन्द्र अर्यालले बताए ।

त्यस्तै भद्रपुर वडा नं २ का ५२ वर्षिय पुरुषको आज बिहान मेची अस्पतालमा मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ । योसँगै भद्रपुरमा कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ११ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड, आर्थिक वृद्धि ऋणात्मक
प्रदेश १ सरकारले आज करिव ३४ अर्बको बजेट ल्याउँदै
बोका, बाख्रालाई प्लेकार्ड झुण्डाएर बेलबारी नगरपालिकाको गेटमा प्रदर्शन
गोर्खाली पाराको खेलबाट सन्तुष्ट छु : अलमुताइरी