आमाको स्मृतीमा विद्यालयमा अक्षयकोष


रोङ (इलाम) । इलामको रोङ गाउँपालिका वडा नं. ६ का युवा निरज दर्नालले आमाको स्मृतीमा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । स्वगीय आमा सीतामञ्जु दर्नालको स्मृतीमा उनले स्थानीय मोतीराम माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।

सोही विद्यालयमा अध्ययन गरी सरकारी सेवामा रहेका निरजले विद्यार्थीको सहयोगार्थ एक लाख एक हजार एक सय एघार रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । उक्त रकमको ब्याजबाट प्रत्येक वर्ष छात्रवृतिस्वरुप विद्यार्थीलाई सहयोग गरिने उनले बताए । ‘आफु अध्यययन गरेको विद्यालयलाई केही योगदान दिहुँ भन्ने थियो’ उनले भने, ‘स्वगीय आमाको सम्झनास्वरुप विद्यार्थीहरुलाई सहयोग गर्ने अठोटले अक्षयकोष स्थापना गरेको हो ।’

यसैबीच, विद्यालयमा अक्षयकोष स्थापना गर्ने निरजलाई शुक्रबार एक कार्यक्रमका बीच विद्यालयले सम्मान समेत गरेको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डम्बर बहादुर राई र प्रधानाध्यक कुमार मगरले उदाहरणीय साथै प्रशंसनीय कार्य गरेको भन्दै सम्मानपत्र प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बुद्धशान्तिका २८ परिवारलाई धनिपुर्जा वितरण
संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीले दिने
झापामा भयरहित र स्वच्छ निर्वाचनका लागि नागरिक समाजको ११ अपिल
समृद्ध बिर्तामोड बनाउन सिग्देलका २५ अवधारणा