‘विश्वासको मततिर लाग्नु कर्मकाण्डी काम हो, सिधै नयाँ सरकार गठन गर्नु उचित’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सहमतिक कायम गरेर सहमतिको सरकार बनाउन आग्रह गर्नुभएको छ ।

शुक्रबार दिउँसो सिंहदरबारमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै ओलीले भन्नुभयो– ‘राष्ट्रिय सहमतिक कायम गरौं, सहमतिको सरकार बनाएर अगाडि जाऔं, सहमतिका साथ राष्ट्र समस्यका समाधान गरौं ।’

आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई वैकल्पिक सरकार आग्रह गरेको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘आज बिहान देउवाजीलाई भनें, सरकार बनाउनुस्, म शान्त भएर प्रतिपक्षमा बस्छु । राष्ट्रिय सरकार बनाउने हो भने आउनुस् सबै मिलेर बनाऔं भनें ।’

उहाँले काेराेना महामारीविरूद्ध सबै मिलेर  लड्न आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे- ‘सक्नुहुन्न भने मलाई सर्मथन गर्नुहोस्, कसले विघटन गर्न खोज्यो संसद ? मलाई सर्मथन गर्नुहोस् । महामारीका बेला सबै सरकारमा सहभागी होऔं । यस्तो बेलामा हामी सबै मिलेर कोभिड-१९ विरुद्ध लडौँ । तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस्, रचनात्मक भूमिका हाम्रो हुनेछ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ मा माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
मुख्यमन्त्री राईले काम नगरेको प्रदेश १ को प्रतिपक्षी दलको आरोप
बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी
मुख्यमन्त्री राईको पद जोगिने, अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल समूह तयार