पत्रकारविरुद्ध जथाभावी नबोल्न मेडिकल सञ्चालक प्रसाईलाई महासंघको चेतावनी


झापा । नेपाल पत्रकार महासंघले ग्यालेक्सी फोरके टेलिभिनजका प्रदेश १ ब्यूरो प्रमुख राजु पौडेल र झापा संवाददाता नारायण अर्यालविरुद्ध मेडिकल सञ्चालक दुर्गा प्रसाईंले लगाएको आरोपविरुद्ध विज्ञप्ति निकाल्दै गालीगलोज र लाञ्छना गराउने काम तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

पत्रकार महासंघ झापा शाखाका सदस्य एवम् ग्यालेक्सी फोर के टेलिभिजन प्रदेश १ का ब्युरो प्रमुख पौडेल र झापा संवाददाता अर्याललाई बी एण्ड सी अस्पतालका सञ्चालक प्रसाईंले विभिन्न सञ्चारमाध्यम र युट्युव च्यानलमा अन्तरवार्ता दिने क्रममा पत्रकारद्वयलाई अपमानित हुने किसिमले लाञ्छना लगाएको भन्दै पत्रकारविरुद्ध जथाभावी अभिव्यक्ति नदिन महासंघले सचेत गराएको छ ।

पत्रकार महासंघका महासचिव रोशन पुरीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा पत्रकारलाई अपमानित हुने कार्य हुनु प्रेस स्वतन्त्रता विरोधी काम भएको उल्लेख गरिएको छ ।

महासंघ अस्पताल जस्तो संवेदनशील निकायका सञ्चालकबाट यस किसिमका कार्य हुनु दुःखद् र निन्दनीय काम भएको महासंघले ठहर गरेको छ । महासंघले संविधानले सो निश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी यस्ता घटना नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बिर्तामोडमा ब्राउन सुगरसहित दुई जना पक्राउ
नदीजन्य पदार्थ उत्खनन् गर्ने ठेकेदारलाई घाटा लागेको भन्दै ६४ लाखबढी रकम फिर्ता गर्ने तयारी
बर्षाका कारण झापाका अधिकांश स्थान जलमग्न, सयौँ घर डुबानमा
झापामा भारी बर्षा : तटबन्ध र ढल निकासको उचित व्यवस्थापन नहुँदा जतात्यतै जलमग्न, सयौँ घर डुबानमा